नुवाकोट सूर्यगढीको चिप्लेटी भिरमा पुरुषको शव फेला



नुवाकोट,कात्तिक १३ । नुवाकोटको सूर्यगढी गाउँपालिका–स्थित चिप्लेटी भिरमा एक पुरुषको शव फेला परेको छ।

शुक्रबार बिहान स्थानीयवासी घाँस काट्न जाने क्रममा भिरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूर्यगढी गाउँपालिकाका अध्यक्ष सन्तबहादुर घलेका अनुसार मृतक ककनी गाउँपालिका–४ जुरेथुमका रोशन लामा रहेको पुष्टि भएको छ। मृतकको साथमा भेटिएको नागरिकताको प्रमाणपत्रका आधारमा पहिचान गरिएको उनले बताए।

प्रहरीका अनुसार मृतक लामाको मानसिक सन्तुलन ठीक थिएन। उनी कामको सिलसिलामा विदुर नगरपालिका–१० केराघारीस्थित होल्डिङ सेन्टरमा बस्दै आएका थिए। गत असोज १० गते बिहानदेखि उनी हराइरहेको मृतकका ज्वाइँ महेन्द्र लामाले जानकारी दिए।

शव फेला परेपछि प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्