पूर्व सांसद कमानसिंह लामाको निधन



काठमाडौ,मंसिर २५। पूर्व सांसद कमानसिंह लामाको निधन भएको छ । कोरोना संक्रमणका कारण शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत लामाको गएराती निधन भएको हो ।

नेता लामा विसं. २०४८ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट काभ्रेपलाञ्चोक जिल्लाबाट सांसदमा विजयी भएका थिए। लामा लामो समयदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय थिए । संविधानसभा विधायकसमेत रहनुभएका लामा काभ्रेका दिग्गज कम्युनिष्ट नेताका रुपमा चिनिएका थिए ।

वौद्धिक व्यक्तिको रुपमा समेत परिचीत लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्