बासमती धानको भौगोलिक हकका लागि दावी बिरोध गर्दै नेपाल



काठमाडौं, मंसिर २५ । भारतले बासमती धानमा एकलौटी हक कायम गर्न भारतले प्रयास गरेपछि नेपालले त्यसविरुद्ध दाबी विरोध गर्ने भएको छ ।

सरकारले बासमती धानको भौगोलिक हकका लागि दाबी विरोध गर्ने तयारी थालेको छ । भारतले बासमती धानको भौगोलिक संकेत हकअधिकार स्थापित गर्न यूरोपेली संघमा निवेदन पेश गरेपछि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

बासमती धान परापूर्वकालदेखि नेपालमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने भएकाले उक्त जातको धानमा नेपालको समेत हक स्थापित हुनुपर्ने सरकारको भनाइ छ । उक्त प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र खुमलटार ललितपुरमार्पmत तोकिएको म्यादभित्र दाबी विरोध गर्ने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालका तर्पmबाट राष्ट्रिय कृषि आनुवांशिक केन्द्रले चाँडै नै आधिकारिक दाबी पेश गर्ने मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्