झापामा बलात्कारपछि वृद्धाको घाँटी थिचेर हत्या



झापा, मंसिर २५ । जिल्लाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको बलात्कारपछि हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जनाएका छन् ।

प्रहरीले हत्यामा संलग्न भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरेको छ । अभियुक्त बिर्जाले नै आज बिहान प्रहरीलाई चारआलीको पाउँ पाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि महिलाको शव रहेको जानकारी दिएका थिए ।

शङ्काको आधारमा प्रहरीले केरकार गर्दा बिर्जा आफैले बुधबार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्