पछिल्लो २४ घण्टामा १२७० संक्रमित थप, १०६४ संक्रमणमुक्त



काठमाडौं, मंसिर २५ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १२ सय १७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४५ हजार ६ सय ५० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३१ हजार ६ सय १ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्