थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु



काठमाडौं, मंसिर २५ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १६६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा समयावधिमा नयाँ संक्रमित १२ सय १७ थपिएका छन् । सोही अवधिमा १ हजार ६४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ४५ हजार ६ सय ५० संक्रमित भएपनि २ लाख ३१ हजार ६ सय १ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १२ हजार ३ सय ८६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १८ लाख १३ हजार २ सय ४ जनाको पिसीआर परिक्षण भएको छ भने क्वारेन्टिनमा बस्नेको सख्या ५ सय १५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्