उपत्यकामा ४०४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, मंसिर २५ । उपत्यकामा पछिल्लो २४ घण्टामा ४०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभर १२ सय १७ जना थपिएकोमा काठमाडौंमा मात्र ४०४ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौंमा थपिएका संक्रमित मध्ये १६० महिला र २४४ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टा समयावधिमा थप १ हजार ६४ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ४५ हजार ६ सय ५० संक्रमित भएपनि २ लाख ३१ हजार ६ सय १ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् ।

त्यस्तै १२ हजार ३ सय ८६ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्