सेती अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु



कैलाली, मंसिर २६ । सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत थप १ जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का ७३ वर्षीय पुरुष रहेको प्रादेशिक अस्पतालले जनाएको छ।

मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको गएराति मृत्यु भएको हो। यससँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ६१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्