बितेको २४ घण्टामा थप १ हजार ४४ संक्रमित थपिए



काठमाडौं, मंसिर २६ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार ४४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा समयावधिमा १२ सय ७१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ३२ हजार ८ सय ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्