सामान्यतया शनिबार मौसम सफा रहने



काठमाडौं, मंसिर २७ । सामान्यतया शनिबार मौसम सफा रहने जल तथा मौसम विभागले जनाएको छ। विभागका अनुसार हाल दक्षिणपूर्वी अरवियन सागर र इन्डीयन सागरमा विकशित न्यून चापीय प्रणालीको आंशिक प्रभाव भने कायमै छ ।

हाल प्रदेश नं १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो प्रदेश नं १, प्रदेश नं २ र वाग्मति प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ।

शनिबार राती प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा आंशिक बदली रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा हुने संभावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्