कलंकीमा डरलाग्दो दुर्घटना: १ को मृत्यु, ६ घाइते



काठमाण्डौ,मंसिर २७ । काठमाण्डौको थानकोटबाट आइरहेको मालबाहक ट्रक कलंकीमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । शुक्रबार साँझ भएको उक्त दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

मालबहाक ट्रक ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ब्रेक फेल भएपछि अनियन्त्रित बनेको ट्रकले ८ वटा सवारी साधनलाई ठक्कर दिएर क्षति पुर्याएको छ । घटनास्थलमै मृत्यु हुनेको पुरुषको पहिचान खुलेको छैन । घाइते ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताईएको छ ।

ट्रकले सडक नजिकैको एउटा घरमा पनि क्षति पुर्याएको छ । घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ ।

प्रतिक्रिया दिनुहोस्