राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण



काठमाडौं,मंसिर २७ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टिसंगै शुक्रबार बिहान पीसीआर परिक्षण गराएकोमा रिपोर्ट पोजेटिभ आएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन ।

उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुक मार्फत् जानकारी गराएका हुन्। कोरोना पुष्टि भएपछि आफू होम आइसोलेसनमै बसेको समेत उनले बताएका छन्।

संक्रमण पुष्टिसँगै शनिबारबाट सुरु हुने गौतमबुद्ध कप क्रिकेटमा सहभागी हुन नपाउने भन्दै उनले दुःख व्यक्तसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्