कोरोनाको प्रभावलाई पूर्ववत अवस्थामा फर्काउन ठूलो चुनौती छ : अर्थमन्त्री पौडैल



काठमाडौं मंसिर २७ ।

अर्थमन्त्री विष्णु पौडैलले आर्थिक सामाजिक जिवनलाई पूर्ववत अवस्थामा फर्काउन ठूलो चुनौती आइपरेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ नाफिजको पाँचौं महासभामा अर्थमन्त्री विष्णु पौडेलले कोरोनाका कारण प्रभावित आर्थिक सामाजिक जिवनलाई पूर्ववत अवस्थामा फर्काउन ठुलो चुनौती आइपरेको बताए ।

कोरोना विरुद्धको लडाईमा सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्र सामाजिक जिवनका व्यक्तीहरु र नागरिकबीच भइरहेको सहकार्यको प्रशंसा गर्दै मन्त्री पौडेलले चुनौतीको सामना गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असजिलो अवस्थामा पनि नेपालको समग्र आर्थिक सूचांक अन्र्तगत आर्थिक वृद्धिबाहेक सबै सकारात्मक रहेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको समस्यासँग लड्नका लागि निजी क्षेत्रका सबै छाता संगठन एक भएको बताए । उद्योगपति पवन गोल्यानले कोरोनाले नेपालको अर्थतन्त्रमा ल्याएको भार बैंकिङ क्षेत्रले थेगेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्