बिग बाश लिगमा मेलवर्न स्टार्सको लगातार दोस्रो जित



एजेन्सी मंसिर २७ ।

अस्ट्रेलियामा जारी बिग बाश लिगमा मेलवर्न स्टार्सले लगातार दोस्रो जित हासिल गरेको छ ।

शनिबार सम्पन्न खेलमा मेलवर्नले सिड्नी थण्डरलाई २२ रनले पराजित गरेको हो । मेलवर्नले दिएको १७० रनको लक्ष्य पछाएको सिड्नीले २० ओभरमा ९ विकेट गुमाउदै १४७ रन मात्र बनाएको थियो ।

सिड्नीका लागि कप्तान कलुम फर्गुसनले सर्बाधिक ५४ रन बनाए भने एलेक्स हेल्सले ४६ रन बनाए । मेलवर्नका बलर लियाम हाचारले ३ विकेट लिएका थिए भने एडम जाम्पा हिल्टन कार्टराइटले २–२ विकेट लिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मेलवर्नले २० ओभरमा ८ विकेट गुमाउदै १६९ रन बनाएको थियो । मेलवर्नका लागि मार्कोस स्टोइनिसले सर्बाधिक ६१ रन बनाए भने कप्तान ग्लेन म्याक्सवेलले ३९ रन बनाए ।

सिड्नीका बलर क्रिस ग्रीन, डानियल साम्स र तनवीर सांघाले २(२ विकेट लिएका थिए । यो जित सँगै मेलवर्नले लगातार दुई खेल जितेको छ । यस अघि पहिलो खेलमा ब्रिसबेन हीटलाई पराजित गरेको थियो । यो जितपछि मेलवर्नको २ खेलमा ८ अंक भएको छ ।

प्रतिक्रिया दिनुहोस्