कांग्रेसका पूर्व सांसद शाहसहित १०९ जना नेकपामा प्रवेश



काठमाडौं मंसिर २७ ।

नेपाली कांग्रेसका पूर्व सांसद कौसर शाहसहित १०९ जना नेपाल कम्युनिस्ट पार्टी नेकपामा प्रवेश गरेका छन् ।

नेकपा केन्द्रीय कार्यालय धुम्बराहीमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालले उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

शाह दोस्रो संविधानसभा निर्वाचन २०७० मा कांग्रेसको तर्फबाट मुस्लिम कोटामा सांसद बनेकी थिइन् । नेकपा प्रवेश गर्ने धेरैजसो रौतहटका छन् ।

प्रतिक्रिया दिनुहोस्