थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि, १३ सय ५९ जना डिस्चार्ज



काठमाडौं मंसिर २७ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना संक्राण पुष्टि भएको छ ।

शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ८९९ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३५९ जना निको भएका छन्, योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार २३१ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्