नेपालमा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु, मृतकको संख्या १६ सय ८९ पुग्यो



काठमाडौं मंसिर २७ ।

नेपालमा एकैदिन थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार ११ जना संक्रमितको मृत्यु भएको थियो।

एकै दिन ८ सय ९९ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ। कुल संक्रमितमध्ये ११ हजार ६ सय ७३ जना सक्रिय संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्