चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु



रौतहट मंसिर २७ ।

पछिल्लो केही दिनदेखि तराईमा बढेको चिसोको कारण रौतहटमा कठ्याङ्ग्रिएर एक पुरुषको मृत्यु भएको छ ।

अत्यधिक चेकोको कारण कटहरीया नगरपालिका वडा नम्वर २ जमुनिया घर भएका ६५ वर्षीय सुखारी सिंहको शनिबार मृत्यु भएको हो ।

मृतक सिंह श्रीमतिसँगै बिगत केही समयदेखि चन्द्रपुर नगरपालिका वडा नम्वर ६ बजारस्थित घनश्याम साहको घरको पेटीमा बस्दै आएका थिए ।

सोही घरको पेटीमा सुतेको ठाउँमा चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्