संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति देउवा सहभागी नहुने



काठमाडौं मंसिर २७ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने भएको छ।

यद्यपि कांग्रेसले प्रधानमन्त्री आफैले बैठक स्थगन गरुन् भन्ने चाहेको एक कांग्रेस स्रोतले जानकारी दिएको छ । कांग्रेसले २९ गते सरकारविरूद्ध देशव्यापी गर्न लागेको बेला बैठक राखेकाले संशय उत्पन्न भएको कांग्रेस नेताहरुले बताएका छन् ।

आइतबार बिहान ९ बजे प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् बैठक बोलाएका छन् भने आइतबार नै नेकपा स्थायी समिति बैठक तय भएको छ। प्रधानमन्त्री ओलीले शुक्रबार कांग्रेस सभापति देउवासँग भेट गरेका थिए। कांग्रेसको विरोध प्रदर्शन तय भएको बेला बैठक राख्नु उचित नभएको पनि कांग्रेसका नेताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्