काठमाडौँ उपत्यकामा ४ सय ८२ कोरोना संक्रमित थपिए



काठमाडौं मंसिर २७ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४८२ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३८१, ललितपुरमा ६९ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन । नयाँ थपिएका संक्रमितसँगै हालसम्म काठमाडौंमा कोरोना संक्रमितको संख्या ९२ हजार ६८८ पुगेको छ। जसमध्ये ८७ हजार ७२७ जना निको भएका छन् भने ४४१ को मृत्यु भएको छ ।

हाल काठमाडौँमा सक्रिय संक्रमितको संख्या ४ हजार ५२० रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार हालसम्म ललितपुरमा कोरोना संक्रमितको संख्या १४ हजार ३१७ पुगेको छ। जसमा १३ हजार २ सय ५८ जना निको भएका छन् भने १३२ को मृत्यु भएको छ । हाल ललितपुरमा सक्रिय संक्रमितको संख्या ९ सय २७ रहेको छ ।

यसैगरी भक्तपुरमा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ४२७ पुगेको छ । जसमा ७ हजार ९४७ जना निको भएका छन् भने ९७ जना संक्रमितको मृत्यु भएको छ।
हाल भक्तपुरमा ३८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्