काठमाडौंबाट बैंकको एटिएम बुथ तोडफोड गर्ने पक्राउ



काठमाडौं मंसिर २७ ।

राजधानीको दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरिरहेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी त्यसरी बैंकको एटिएम बुथ तोडफोड गर्न खोज्ने खोटाङ घर भइ कपन बस्ने ३० वर्षीय आनन्द तामाङलाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको जनाएको छ ।

तामाङले एटिएम बुथ तोडफोड गर्दै गरेको अवस्थामा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

तोडफोडबाट बुथको दाँया भागको शिशा फुटेको र एक थान सिसिटिभिमा क्षति पुगेको छ ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्