समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व नेकपाकै काँधमा छ : प्रचण्ड



काठमाडौं मंसिर २७ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवाद उन्मुख राज्य निर्माणको मुख्य जिम्मेवारी र दायित्व पनि कम्युनिष्ट पार्टीकै काँधमा भएको बताएका छन् ।

नेपाली काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेकी नेतृ कौसर साहसहित १ सय ९ जना नेता तथा कार्यकर्तालाई आज स्वागत गर्दै उहाँले पार्टी भित्र चल्ने बहस र छलफलहरु त्यही समाजवाद तिरको यात्राका लागि भएको पनि दावी गरे ।

कस्तो आर्थिक नीति हुने, कस्ता राजनीतिक मान्यताहरुलाई अवलम्बन गर्दै जाने, कस्तो आचारसंहिता पालना गर्ने लगायतका कुरा नै अहिलेको बहसका विषय भएको उनले बताए ।

अध्यक्ष प्रचण्डले चुनौतिहरु आए पनि सामना गर्न सक्ने तागत कम्युनिष्ट पार्टी भित्रै रहेको जिकिर गर्नुभयो । कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपालले समाजमा रहेका सबै विकृति, विसंगति, भेदभाव, अन्याय अत्याचार र थिचोमिचोलाई समाप्त पार्न सक्ने खुबी नेकपामा मात्रै रहेको बताए ।

कार्यक्रममा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभा सदस्य रही सकेकी साहलाई विगतदेखि नै आफ्नै पार्टीको नेता ठान्ने गरेको बताए। पार्टीमा प्रवेश गर्दै नेतृ साहले नेपाली काँग्रेसमा गुण्डा पाराले पार्टी भित्र हैकम चलाएकाले आफूले पार्टी परित्याग गरेको बताउ।

उनले देशमा आएको जाति, लिंग र समुदायहरुमा आएको परिवर्तन कम्युनिष्ट पार्टीले नै ल्याएको दाबी गरे। काठमाडौँ महानगरपालिकाको नेपाली काँग्रेसको नगर सदस्य रहेकी उनि विगतमा नेपाल विद्यार्थी सङ्घ पद्मकन्या क्याम्पसमा नेविसङ्घमा आवद्ध थिइन्।

यस्तै उनि २०६२ र ०६३ सालको आन्दोलनमा चार पटक हिरासत बसेकी थिइन् । दोस्रो संविधानसभाको निर्वाचनबाट नेपाली काँग्रेसको तर्फबाट उनि संविधानसभा सदस्य भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्