अमेरिकामा हिंसा भड्कियो, ट्रम्प समर्थकको प्रदर्शनमा झडप



एजेन्सी, मंसिर २८ । अमेरिकामा हिंसा भड्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा उनका समर्थकले जुलुस प्रदर्शन गरेसंगै हिंसाको रूपमा प्रदर्शन रुपान्तरण भएको श्रोतले जनाएको छ । राजधानी वाशिंगटन डिसीमा भएकाे प्रदर्शनमा ट्रम्पका समर्थक प्रदर्शनकारी र प्रदर्शनकारी विरुद्ध झडप भएको छ।

शनिबार साँझ झडप हुँदा हिंसा भडकिएको छ । ट्रम्पले आफू हारेको चुनावलाई पल्टाउन खोजेका प्रयासहरूको समर्थन गर्न शनिबार डिसीमा प्रदर्शन भएको हो । ब्ल्याक लाइभ म्याटर अभियानका प्रदर्शनकारी बीच झडप भएको हो ।

धेरै ट्रम्प समर्थकहरूले ब्ल्याक लाइभ म्याटर प्लाजा तल हिंड्ने प्रयास गरेका थिए तर प्रतिकार प्रदर्शनकारीहरूले उनीहरूलाई खेदेका हुन् । हजारौं प्रदर्शनकारीहरुले “चोरी रोक ” र “चार वर्ष” भन्दै ट्रम्पको समर्थनमा झन्डा फहराउँदै नारा लगाउँदै भेला भएका थिए ।

प्रदर्शनमा दुई सबैभन्दा प्रख्यात समूहहरू “मिलियन मेगा मार्च” र “अमेरिकाका लागि महिला प्रथम ” दुबै समूहले “पारदर्शिता” को लागि आह्वान गरिरहेका थिए । आगामी सोमबार निर्वाचकीय मत (इलेक्टोरल कलेज) ले निर्वाचित राष्ट्रपति जो बाइडेनको बिजयी घोषणा गर्ने तयारीमा छ ।

डिसी प्रहरीले गत शुक्रवार राती र शनिबार बिहान ५ जना प्रदर्शनकारीलाई आक्रमणको आरोपमा पक्राउ गरेको छ । पक्राउ परेका मध्ये तीन जना मेरील्याण्डका, अर्को भर्जिनिया र अर्को न्यूयोर्कका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्