हतियार प्रयोग गरी महिलाको हत्या



कपिलवस्तु, मंसिर २८ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटामा गए राति एक महिलाको हत्या भएको छ । चन्द्रौटाको पुरानो बजारमा डेरा गरी बस्दै आएकी दाङ सतवरिया घर भएकी ५१ वर्षीया महिला सुशीला खड्काको हत्या भएको वडा प्रहरी कार्यालय चन्द्रौटले जनाएको हो ।

टाउको तथा मुखमा धारिलो हतियार प्रयोग गरी क्रूर तरिकाले हत्या भएको प्रहरीले बताएकाे छ। हत्याको आङ्शकामा डेरामा सुशीलासँगै बस्ने भतिज तारणबहादुर खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ ।

महिलाको शव परीक्षणका लागि जिल्ला अस्पलात तौलिहवा पठाएकाेसमेत प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्