पोखरीमा डुबेर तीन बालिकाको मृत्यु



तेह्रथुम,मंसिर २८ । तेह्रथुममा पोखरीमा डुबेर तीन बालिकाको ज्यान गएको छ ।

तेह्रथुमको छथर गाउँपालिका-६ सुदापका एकै परिवारका ७ वर्षीया रञ्जना र ५ वर्षीया रोजनी लिम्बूसहित ८ वर्षीया सुहाना लिम्बूको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

तरकारी खेतीका लागि प्लाष्टिकको पोखरीमा जमाएर राखेको पानीमा डुबेर उनीहरूको मृत्यु भएको तेह्रथुम प्रहरी प्रवक्ता  कोमल ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्