साताको पहिलो दिन सुनको भाउ कति?



काठमाडौ,मंसिर २८ । आइतबार साताको पहिलाे दिन नेपाली बजारमा सुनको भाउ स्थिर देखिएको छ ।

शुक्रबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको छापावाला सुन आइतबार पनि स्थिर रहेर ९२ हजार ५०० रुपैयाँमानै कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबार नेपाली बजारमा चाँदीकाे भाउपनि स्थिर रहेर प्रतिताेला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्