नेकपा स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक पुस १ गते बस्ने



काठमाडौं मंसिर २८ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आउँदो पुस १ गते बुधबार बस्ने गरी स्थगित छ ।

आइतबारको बैठक नेता कमानसिंह लामाको निधनमा शोक व्यक्त गरेर आउँदो पुस १ गते दिउँसो एक बजे बस्ने गरी स्थगित हो । बैठकमा नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक मनाएर बैठक स्थगित गर्ने कार्यसूची तोकिएको थियो । बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए ।

सात दिनअघि २१ गते बसेको बैठकले सहमति खोजीका लागि भन्दै आइतबारसम्म बैठक स्थगित गर्ने निर्णय गरे पनि यसबीचमा सहमतिको लागि खासै पहल हुन सकेको छैन । अझ यसबीचमा दुवै पक्षका नेता कार्यकर्ता गुटगत भेलामा सहभागी हुँदै आएका छन् ।

दुवै अध्यक्षले प्रस्तुत गरेको प्रस्तावमा कार्यसूची बनाएर छलफल गर्ने वा दुवैबाट साझा प्रतिवेदन बनाउने भन्नेमा अनौपचारिक छलफल भने भइरहेको नेताहरुले बताएका छन् । २१ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रस्तावका नाममा अभियोग पत्र वितरण गरिएको भन्दै यसमा छलफल हुन नसक्ने भएकाले स्थायी कमिटीले विवेकपूर्ण निकास दिने सन्देशसहितको पत्र पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्