उपत्यकामा थप ३ सय ४८ संक्रमित थपिए



काठमाडौ,मंसिर २८ । काठमाडौं उपत्यकामा थप तीन सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक सय ५० महिला र एक सय ९८ पुरुष गरी तीन सय ४८ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा हालसम्म एक सय १५ हजार सात सय ८० जनामा कोरोना संक्रमण भएको छ । आज देखिएको संक्रमणमध्ये काठमाडौं जिल्लाका दुई सय ५८ जना, ललितपुरका ६५ र भक्तपुरका २५ जना रहेका छन् ।

आज देशभर नौ जना कोरोना संक्रमितको मृत्यु भएकोमा काठमाडौंमा दुई र ललितपुरमा एक गरी उपत्यकामा तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्