नेकपाका प्रवक्ता श्रेष्ठविरुद्ध बालुवाटारमा प्रदर्शन



काठमाडौं मंसिर २८ ।

सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठविरुद्ध बालुवाटारमा प्रदर्शन भएको छ ।

नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामासँग श्रेष्ठले पैसाका विषयमा कुराकानी गरिरहेको अडियो भिडियो सार्वजनिक भएपछि नारायणकाजीविरुद्ध बालुवाटारमा प्रदर्शन भएको हो ।

स्वतन्त्र युवा नामक समूहले प्रधानमन्त्री निवास बाहिर बालुवाटार गेटमा प्रदर्शन गरेको हो । उनीहरुले नारायणकाजीलाई पदबाट राजीनामा दिन दबाब दिएका छन् । प्रवक्ता, राष्ट्रियसभा र सांसद पदबाट पनि राजीनामा दिन प्रदर्शनकारीको माग छ ।

काभ्रेका युवाहरुले नारायणकाजीविरुद्ध प्रदर्शन गरेका हुन् । कमानसिंह लामाको मृत्यु नारायणकाजीको टर्चरका कारण भएको पनि उनीहरुको आरोप छ । लामाको मृत्युको विषयमा श्रेष्ठमाथि छानबिन हुनुपर्ने माग राख्दै उनीहरुले श्रेष्ठले लामालाई मानसिक रुपमा पीडा दिएको आरोप समेत लगाएका छन्।

प्रतिक्रिया दिनुहोस्