लागु औषध खैरो हिरोइनसहित पाँच जना पक्राउ



कैलाली मंसिर २८ ।

कैलालीको लम्कीचुहा नगरपालिकामा लागु औषध खैरो हिरोइनसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरका प्रहरी नायव निरीक्षक रेवन्त बोहराको कमान्डमा खटिएको टोलीले उनीहरूलाई आइतबार लम्की बसपार्कमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जिल्लाको लम्कीचुहा नगरपालिका १ का २७ वर्षीय खगेन्द्र जैशी, २५ वर्षीय सन्देश खत्री, जानकी गाउँपालिका ९ का २४ वर्षीय प्रकाश साउँद, जानकी गाउँपालिका ३ की १९ वर्षीया सविना चौधरी र बर्दिया जिल्लाको गुलरीयाकी २५ वर्षीया मुस्कान विक रहेका छन् ।

पक्राउ परेकाहरूबाट प्रहरीले ३ ग्राम ३० मिलिग्राम खैरो हेरोइन, २ वटा मोटरसाइकल, लागु औषध सेवन गर्नमा प्रयोग हुने विभिन्न सामग्री लगायत बरामद गरेको छ । पक्राउ परेकालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इप्रका लम्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्