आज देशभर काङ्ग्रेसले प्रदर्शन गर्ने



काठमाडौं,मंसिर २९ । नेपाली कांग्रेसले आज सोमबार उपत्यका काठमाडौसहित देशभर प्रदर्शन गर्ने भएको छ ।

सरकारले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमा माथि गरेको दुरव्यवहार विरूद्ध सोमबार कांग्रेसले देशभर एकसाथ प्रदर्शन गर्न लागेको हो ।

यसैबिच उपत्यकामा हुने प्रदर्शनको तयारी पुरा भएको नेपाली कांग्रेस काठमाडौले जनाएको छ । प्रदर्शनलाई कांग्रेस सभापति शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ ।

उता वाग्मती प्रदेश राजधानी हेटौंडामा हुने प्रदर्शन कार्यक्रम बुद्धचोकमा करिब साडे १२ बजेबाट साडे १ बजे सम्म रहने बताईएको छ । प्रदर्शनमा करिब १० हजार मान्छे उतार्ने कांग्रेस मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्