ओली सरकारकै कारण राजतन्त्रको पक्षमा आन्दोलन चर्कियो : देउवा



काठमाडौं मंसिर २९ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण सडकमा राजा आऊ देश बचाऊ भन्ने कुरा सुनिन थालेको बताएका छन्।

नेपाली कांग्रेसले हेटौँडामा गरेको सरकार विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्। ‘राजा आऊ देश बचाऊ भन्दै हिँडिरहेका छन्।

देउवाले जनतालाई सडकमा भेला गरेर दुख दिने उद्देश्य आफ्नो नभएको बताएका छन्। ‘सडकमा भेला गराएर जनतालाई दुस्ख दिने हाम्रो उदेश्य होइन। बाध्य भएर हामीविरोध सभा गरेका हौँ,’ उनले भने, ‘नेपाली कांग्रेसको तर्फबाट माफी चाहन्छु।’ उनले भने

ओलीले एक दलिया सर्वसत्तावादी लागू गरेको छ कम्युनिष्ट शासन गरेको उनको आरोप छ। देउवाले वर्तमान सरकार कोरोना महामारी नियन्त्रण गर्न असफल भएको भन्दै भ्रष्टाचार र घुसमा भुलेको पनि बताए। कांग्रेसले अहिलेसम्म शून्य सहशीलता अपनाएको उनको दाबी छ। देउवाले अदालतलाई नै कम्युनिष्टको गण बनाउन खोजिरहेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस्