राजधानीमा काङ्ग्रेसको विशाल प्रदर्शन



काठमाडौं,मंसिर २९ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राजधानीमा विशाल जुलुस निकालेको छ । सरकारविरुद्ध सडक प्रदर्शनमा उत्रिएको कांग्रेसले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेको हो ।

नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई आफ्नो गृह जिल्ला तनहुँमा एक पुल उद्घाटन गर्न जाँदा दुर्व्यवहार गरिएको भन्दै विरोध प्रदर्शन शुरु गरेको हो ।

वरिष्ठ नेता पौडेलमाथि गरेको दुर्व्यवहारका साथै विरोध प्रदर्शन सरकारको सर्वसत्तावादी चरित्र, भ्रष्टाचार र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागि परेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड र महिला हिंसा तथा बलात्कारका घटना वृद्धिजस्ता दर्जनौँ कमजोरीका कारण प्रदर्शन गर्नुपरेको कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्