राष्ट्रिय कविता महोत्सवमा नुवाकोटकी भैरबी ढुंगाना प्रथम



काठमाडौं, मंसिर ३० । राष्ट्रिय कविता महोत्सव २०७७ मा कवयात्री तथा प्रगतीशिल लेखिका भैरबी (भूगोल) ढुंगाना प्रथम भएकी छन् । ढुंगानालाई महोत्सवमा प्रथम भएसँगै नगद ५० हजार सहित पुरस्कारबाट सम्मान गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सोमबार भएको कविता वाचनमा ढुंगानाको कविताले प्रथम स्थान प्राप्त हासिल गरेको थियो ।

प्रतियोगितामा प्रज्वल अधिकारीले द्धितिय, गणेशप्रसाद खतिवडा, देवकी अभिलाषी र रेजिना आपगाईँले तृतीय स्थान हासिल गरेका छन ।

प्रतिक्रिया दिनुहोस्