रात्रिकालिन व्यवसाय सर्तसहित सञ्चालन गर्न सरकारले दियो अनुमति



काठमाडौं,मंसिर ३० । सरकारले नौ महिनादेखि बन्द रहेकोे रात्रिकालिन व्यवसाय सर्तसहित सञ्चालन गर्न अनुमति दिएको छ ।

कोरोना महामारीको असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ देखि लकडाउनको घोषणा भएसंगै रात्रिकालिन व्यवसाय बन्द भएका थिए ।

सरकारले बन्द रहेको रात्रिकालिन व्यवसाय (होटल, रेस्टुराँ, डान्स/दोहोरी /क्लब ) कुल क्षमताको ५० प्रतिशत मानिस मात्रै राख्न पाउने गरी सञ्चालन अनुमति दिइएको हाे ।

व्यवसाय सञ्चालनका क्रममा सर्त उल्लङ्घन गरिएको पाइए स्थानीय प्रशासनले व्यवसाय सञ्चालनमा रोक लगाउने बताइएको छ।

यो समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्