टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



काठमाडौ,मंसिर ३० । टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। कीर्तिपुर नगरपालिका ६ चोभारमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक खोटाङका २४ वर्षीय सरोज राई रहेका छन् । बल्खुबाट चोभारतर्फ जाँदै गरेको बा ४ ख ४५६५ नम्बरको टिप्पर र स १० प ४९१३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक राईको घटनास्थमै मृत्यु भएको हो ।

गएराति भएको दुर्घटनाका टिप्पर चालकलाई भने प्रहरी पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्