काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा जारी जोर बिजोर प्रणालि हटाउने सरकारको तयारी



काठमाडौं मंसिर ३० ।

कोरोना भाइरसका कारण काठमाडौंमा जारी जोर बिजोर प्रणाली हटाउने तयारीमा सरकार रहेको छ ।

लामो समयपछि उपत्यकाका सवारीसाधनमा जारी रहेको जोर–बिजोर प्रणाली हटाउने तयारी भएको हो । देशभर सवारीसाधन निर्वाध सञ्चालन भए पनि काठमाडौं उपत्यकामा भने जोर बिजोर प्रणाली कायमै रहेको छ । कोरोना न्यूनीकरणका लागि भन्दै लकडाउन हटे पनि उपत्यकामा भने भदौ २५ गतेबाट सबै सवारीसाधनमा जोर(बिजोर प्रणाली लागु छ ।

सरकारी पक्षले जोर बिजोर माध्यमबाट कोरोना महामारी न्यूनीकरण हुने दाबी गर्दै आएको भए पनि उपत्यकामा संक्रमणको दर निरन्तर बढ्दो छ । पछिल्लो समय परिक्षणको दायरा भने साँघुरो पारिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सवारीसाधनमा जोर९बिजोर कायम गर्ने निर्णय गरेका थिए । लामो समयसम्म पनि त्यसको व्यवस्थापनबारे पहल नभएपछि सरोकारवाला निकाय आक्रोशित बन्दै आएका थिए ।

भिड नियन्त्रण गर्न जोर९बिजोर लागु गरिए पनि पछिल्लो समय विभिन्‍न राजनीतिक दललगायतको भिडसहित प्रदर्शन हुँदै आएका छन् । नागरिकका लागि मात्रै जोर(बिजोर लगाउने तर ठूला प्रदर्शन रोक्न नसकेको भन्दै सुरक्षा निकायकै अधिकारीसमेत जोर(बिजोर हटाउने पक्षमा रहँदै आएका थिए ।

जोर बिजोरको सबैभन्दा मारमा मोटरसाइकल प्रयोगकर्ता परेका छन् । मोटरसाइकल सार्वजनिक सवारीसाधन नभए पनि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको भदौमा बसेको बैठकले मोटरसाइकलमा समेत जोर बिजोर प्रणाली लागु गरेको थियो । हाल महानगरीय ट्राफिक महाशाखाले जोर(बिजोर उल्लंघन गरेको भन्दै दैनिक दर्जनौं सवारीसाधनमाथि कारबाही होल्ड गर्दै आएको छ ।

यता कोरोना महामारिको जोखिम बढेको भन्दै ६ महिनादेखि लागू गरिएको जोरबिजोर प्रणालीको प्रभावकारिताको भने अहिलेसम्म मूल्यांकन गरिएको छैन। जोरबिजोर हटाउन चौतर्फी दबाब बढ्न थालेपछि गृहमन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृहकार्य थालेको छ।

प्रतिक्रिया दिनुहोस्