कोरोना विरुद्धको खोप उपलब्ध गराइदिन भारतलाई सरकारको पत्र



काठमाडौं मंसिर ३० ।

सरकारले भारतसँग कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइदिन आग्रह गर्दै पत्राचार गरेको छ ।

सरकारका तर्फबाट आइतबार स्वास्थ्य मन्त्रालयले कोरोना खोपका लागि जिटुजी प्रक्रियामार्फत भारतमा पर्ने मूल्यमा नेपाललाई पनि उपलब्ध गराइदिन आग्रह गर्दै पत्राचार गरेको हो ।

भारत सरकारले खरिद गर्ने भनेको सेरम कम्पनीको खोपका लागि भारत सरकारसँग आग्रह गर्दै पत्राचार गरिएको स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले जानकारी दिए ।
डा. कार्कीका अनुसार सेरम कम्पनीको खोप नेपालमा प्रतिखोप ९ डलर मूल्य पर्न आउँछ । सोही रकमको जोहो गर्न अर्थ मन्त्रालयसँग ६० अर्ब रुपैयाँ माग गरिएको डा. कार्कीले बताए ।

यसअघि कोरोनाविरूद्धको खोप खरिदका लागि स्वास्थ्य तथत जनसंख्या मन्त्रालयले अर्थ मन्त्रालयसँग ६० अर्ब रूपैयाँ माग गरेको थियो । कोभ्याक्सबाहेकको खोप खरिदका लागि आवश्यक पर्ने सम्पूर्ण बजेट अर्थ मन्त्रालयले नै व्यवस्थापन गर्ने भएको श्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्