कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु मृतकको संख्या १७ सय ३० पुग्यो



काठमाडौं मंसिर ३० ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा १,७३० जनाले ज्यान गुमाइसकेका छन् ।

नेपालमा कूल कोरोना सङ्क्रमितमध्ये ०.६९ प्रतिशतले ज्यान गुमाएका छन्। केही दिनयता यो प्रतिशत बढ्ने क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्