संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकियो



काठमाडौं मंसिर ३० ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठक सकिएको छ।

झण्डै दुई घण्टा छलफल भए पनि उक्त बैठकले कुनै निर्णय भने गरेन। बैठकमा रिक्त संवैधानिक निकायका पदाधिकारी नियुक्तिका विषयमा छलफल हुने बताइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना सहभागी थिए।

अध्यक्षसहित तीनजना मात्रै उपस्थित भए पनि गणपूरक संख्या पुग्ने गरेर आजै सरकारले अध्यादेश ल्याएको थियो। बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित थिएनन्।

प्रतिक्रिया दिनुहोस्