परामर्शदाताले नै लैजान्छ्न पूर्वाधार निर्माणको ठूलो बजेट



काठमाडौं, पुस १ । सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालयमा अधिकृतस्तरका २७ प्राविधिक जनशक्ति रहे पनि आयोजनाहरूको विस्तृत अध्ययन प्रतिवेदनको अध्ययन आदिका लागि बाह्य परामर्शदाता लिने गरिएको छ ।

यसरी बाहिरबाट परामर्शदाताको सहयोग लिँदा आयोजनाहरूको ठूलो खर्च नै यसका लागि हुने गरेको छ । महालेखापरीक्षकको ५७औं प्रतिवेदनअनुसार विभागअन्तर्गत एशियाली विकास बैंक (एडीबी) को सहायतामा सञ्चालित चार आयोजनाको कुल लागत अमेरिकी डलर २७ करोड ३१ हजार रहेकोमा परामर्श सेवामा मात्रै अमेरिकी डलर २ करोड २६ लाख ९१ हजार (औसत ८ दशमलव ४० प्रतिशत) खर्च भएको छ ।

प्रतिवेदनका अनुसार परामर्श खर्चबाट ७ परामर्शदाता नियुक्ति भई निर्माण कार्यको विस्तृत डिजाइन र लागत अनुमान तयार गर्ने निर्माण कार्यको अनुगमन गरी गुणस्तर कायम गर्ने र निर्माण व्यवसायीले पेश गरेको बिल प्रमाणीकरण गर्ने कार्य मात्रै भएको छ 

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्