चित्तल मारेर खाँदै गरेका सात पक्राउ



चितवन,पुष १ । चित्तल मारेर खाँदै गरेका सात जना पक्राउ परेका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट चित्तल मारेर घरमा लगी काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२३ बस्ने ४९ वर्षीय शुकबहादुर दरै, ४२ वर्षीय चन्द्रप्रसाद दरै, २८ वर्षीय दीपक दरै, सन्तकुमार दरै, ६० वर्षीय बुद्धिबहादुर दरै, २८ वर्षीया सुकमाया दरै र ५० वर्षीया शान्ति दरै रहेका छन् ।

उनीहरुको साथबाट ३० किलो चित्तलको मासु, तीन वटा डेक्ची, एउटा कराही, दुई वटा स्टिलको बाटा, एउटा स्टिलको बाबल, एउटा अचानो, एउटा खुँडा, एक थान मासु सुकाउने जाली र दुई वटा प्लाष्टिकका बोरासमेत बरामद गरिएको निकुञ्ज श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्