झोरमा १० दिने उद्घोषण तालिम सुरु



काठमाडौं, पुष १ । टोखा नगरपालिका वडा नम्बर १ स्थित झोरमा १० दिने उद्घोषण तालिम सुरु भएको छ। सञ्चार प्रविधि र महिला क्षमता अभिवृद्धिका लागि तालिम आयोजना गरिएको वडा नम्बर १ कार्यालयले जनाएको छ।

बुधबारदेखि वडा कार्यालयको भवनमा सुरु भएको तालिम १० दिनसम्म चल्नेछ। तालिममा २० जना सहभागी रहेका छन् । टोखा नगरका उप प्रमुख ज्ञानमाया डङोलको प्रमुख आतिथ्यतामा उद्घाटन भएको तालिमलाई सुरेखा प्राेफेसनल  ट्रेडिङ सेन्टरले सहजीकरण गर्नेछ ।

कार्यक्रम उद्घाटन सत्रमा बोल्दै नगरका उपप्रमुख ज्ञानमाया डङोलले संसारमा वाककलाको शक्ति महत्त्वपूर्ण रहेको बताइन। टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष श्रीकृष्ण अधिकारीले यस्ता तालिमले समाजमा लुकेर रहेका प्रतिभाको समेत कदर हुने बताए।

प्रतिक्रिया दिनुहोस्