संसदको अधिवेशन तत्काल बोलाउन कांग्रेसको माग



काठमाडौं पुस १ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ ।

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि कांग्रेसले बुधबार पदाधिकारी बैठक बोलाएको थियो । बैठकले सरकारले ल्याएको अध्यादेश संविधानको मर्म विपरीत भएको ठहर गरेको छ र संसदको अधिवेशन छलेर अध्यादेश जारी गर्नुले सरकारको अलोकतान्त्रिक र सर्वसत्तावादी चरित्र थप उजागर भएको बताएको छ ।

बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । स्रोतका अनुसार आध्यदेश आएपछि बसेको संवैधानिक परिषद्को बैठकले कुनै नियुक्ति सिफारिस गरेको भए वा गरेमा संसदीय सुनुवाई समितिमा चुनौती दिने कांग्रेसको तयारी छ ।

कांग्रेस पदाधिकारीहरुको बैठकले संसदको अधिवेशन तत्काल बोलाउन माग गरेको छ । साथै पुस ३ गते संसदीय दलका कार्यसमितिको बैठक समेत बोलाइएको छ । पदाधिकारी बैठकमा २९ मंसिरमा सरकारविरुद्ध देशभर प्रदर्शनको समीक्षासमेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्