मन्त्रिपरिषद्को बैठक बस्दै



काठमाडौं पुस २ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्रीले नियमित बैठक भन्दै बोलाइएकाले कुनै एजेन्डा तय नभएको एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री निकट स्रोतले पनि ६ बजे मन्त्रिपरिषद्को बैठक बस्न लागेको जानकारी दिएको छ।

आजको बैठकले संवैधानिक परिषद् सम्बन्धी मंगलबार ल्याएको अध्यादेश फिर्ता गर्ने विषयमा निर्णय गर्न सक्ने बुझिएको छ।

नेकपाको स्थायी कमिटीको बुधबार बसेको बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो। प्रधानमन्त्री पनि अध्यादेश फिर्ता लिन सहमत भएपछि स्थायी कमिटीले उक्त निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्