संवैधानिक परिषद् बैठक बस्दै, देउवा सहभागी नहुने



काठमाडौं पुस २ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् ।

परिषद् बैठक बालुवाटारमा बिहीबार साँझ ५ का लागि बोलाइएको हो। ओलीले परिषद्को बैठक बोलाएको जानकारी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत दिएका छन्।

देउवा भने अध्यादेश फिर्ता नभई बोलाइएको बैठकमा उपस्थित नहुने भएका छन्। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अध्यादेशमा टेकेर भएका वा हुने कुनै पनि निर्णय कांग्रेसलाई मान्य नहुने भएकाले बैठकमा सभापति देउवा उपस्थित नहुने बताए।

नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले संवैधानिक परिषद। सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरे पनि सरकारले राष्ट्रपति समक्ष अध्यादेश फिर्ता लिन सिफारिस गरेको छैन।

प्रतिक्रिया दिनुहोस्