शेयर बजारमा गिरावट, नेप्से दोहोरो अंकले घट्यो



काठमाडौं पुस २ ।

साताको अन्तिम कारोबारका दिन बिहिवार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।

कारोबार सुरु भएको केहि समयमा झिनो अंकले बृद्धी भएको बजार अन्तिम समय सम्म आउदाँ २२.७६ अंकले घटेको हो । आज नेप्से २०५५.२२ को बिन्दुबाट सुरु भएको थियो भने १.१० प्रतिशतले घटेर २०३२.५२ अंकमा पुगेर बन्द भएको छ ।

आज कारोबारमा आएका तीन कम्पनीको सकरात्मक र्सकिट लागेको छ भने ४५ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, आज ११७ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।

आज नेप्सेमा १ करोड ४१ लाख १४ हजार ४ सय ६० कित्ता शेयर खरिद बिक्री हुदाँ ६ अर्ब ७६ करोड ९८ लाख ९० हजार ८१५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्