संवैधानिक परिषदको बैठक स्थगित



काठमाडौं पुस २ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।

अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ५ बजे परिषदको बैठक बोलाएका थिए ।

तर प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेताहरुले समेत आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको छ ।

संवैधानिक परिषदको बैठक स्थगित भएको जानकारी आएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्