बिहिवार साँझ आकाशमा अनौठो दृश्य, शनि,चन्द्रमा र बृहस्पति एउटै नक्षत्रमा



काठमाडौ,पुष ३ । शनि, चन्द्रमा र बृहस्पति ग्रह बिहिवार साँझ एकै नक्षत्रमा देखिएको छ । शान्ति, ज्ञान र न्यायका प्रतीकका रुपमा रहेका यी तीनै ग्रह विहीवार साँझ दक्षिण–पश्चिम दिशामा देखिएको थियो ।

यी तीनवटै ग्रहको मिलन आकाश मन्डलमा भएको बैज्ञानिकहरुले बताएका छन् । यो खगोलीय क्षेत्रका लागि ठूलो घटना भएको ज्योतिषाचार्यहरुको भनाइ छ । विहीवार झण्डै दुई घण्टा अर्थात साँझ ६ बजेपछि देखि बेलुकी ८ बजेसम्म आकाशको दक्षिण–पश्चिम दिशामा यी ग्रहहरुलाई सजिलै देखिएको बताइएको छ ।

ज्योतिषाचार्य गणेश मिश्रका अनुसार बिहिवार साँझ चन्द्रमाभन्दा मुनि पश्चिमपट्टि बृहस्पति र शनि ग्रह एकैसाथ देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्