वैदेशिक रोजगारीलाई लाभदायी बनाउ सरकार गम्भीर छ : मन्त्री यादव



काठमाडौं , पुस ३ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीलाई लाभदायी बनाउन सरकार गम्भीर रहेको बताएका छन् ।

उनले वैदेशिक रोजगारीलाई सबैले अनुभूति गर्न सक्ने गरी सुरक्षित, व्यवस्थित, मर्यादित तथा तुलनात्मकरूपमा बढी लाभदायी बनाउन सरकार गम्भीरतापूर्वक अगाडि बढेको बताए ।
अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज शुभकामना दिँदै उनले यस्तो बताएका हुन् । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक र तिनका परिवारको सुरक्षा, हित र कल्याणलाई सुनिश्चित गर्ने सवालमा देखिएका चुनौतीको सामना गर्दै यसको समुचित व्यवस्थापनका लािग निरन्तर अगाडि बढिरहेको बताएका हुन्।

नेपालमा श्रमिकको अधिकारका लागि नीतिगत तथा कानूनी आधार तयार भइसकेको र योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयन भइरहेको उल्लेख गर्दै उनले प्रत्येक वर्ष आन्तरिक श्रम बजारमा प्रवेश गर्ने श्रमशक्तिलाई ध्यानमा राखी रोजगारीका अवसरहरु उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको समेत बताए ।

श्रमको सम्मान गर्दै प्रत्येक कामदारको हकअधिकार रक्षाका लागि श्रम ऐन, २०७५ का साथै योगदानमा आधारित सामाजिक सुरक्षाको कार्यक्रम कार्यान्वयनमा ल्याइएको उनले बताए । सीपयुक्त जनशक्तिको विकासका लागि समेत तदारुकताका साथ गृहकार्य अगाडि बढाइएको मन्त्री रायको भनाइ छ।यता पछिल्लो समय वैदेशिक रोगगारीमा जानेको संख्या भने बढिरहेको छ ।

नेपालमा रोजगारी नहुँदा कयौं युवाहरु विदेश पलायन हुन थालेका छन् । यसरी विदेश पलायन भएपनि कतिपयको रोजगार भने त्यति सुरक्षीत भने भएको पाइदैन, कतिपयलाई दलालले नै ठगेको पनि हुन्छ भने कतिपयको अवस्था निकै दनिय हुन्छ । यस्तो अवस्थामा सरकारले लाभदायी बनाउन सरकार गम्भीर रहेको बताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्